Logo
२० जेष्ठ २०८१, आईतबार
(October 19, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बाँके घटना छानबिन गर्न सरकारसँग सहमति भएसँगै रूबी खानले तोडिन् अनशन

घरेलु हिंसामा मारिएकाको न्यायका लागि भन्दै १२ दिनदेखि अनशनमा रहेकी रूबी खानले अनशन तोडेकी छन् ।

बाँके घटना छानबिनका लागि समिति बनाउन सरकार सहमत भएपछि खानले अनशन तोडेकी हुन् । अधिकारकर्मी एवं मानवअधिकार आयोगका पूर्वसदस्य मोहना अन्सारीले जुस खुवाएर अनशन तोडाइएको हो ।

गृह मन्त्रालयका सहसचिव हीरालाल रेग्मीको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरिएपछि मंगलबार दिउँसो खानले अनशन तोडेकी हुन् ।

समितिले एक साताभित्र छानबिनको प्रतिवेदन दिने जनाइएको छ ।बाँकेमा घरेलु हिंसाबाट मारिएकी नकुन्नी धोबी र निर्मला कुर्मीको न्याय माग गर्दै रूबी खानसहितका केही स्थानीय १२ दिनदेखि धर्नामा बसेका थिए ।

१४ जना महिला न्याय माग्न २० दिन हिंडेर बाँकेदेखि काठमाडौंसम्म आएका थिए ।बाँकेमा परिवारकै मिलेमतोमा दुई महिला नन्कुन्नी र निर्मलाको हत्या गरिए पनि प्रहरी प्रशासनले मुद्दा दर्ता गर्न आलटाल गरेको र दोषीलाई पक्राउ नगरेको भन्दै पीडित परिवारले दोषीलाई कारबाही गर्न माग राख्दै आएका थिए ।

जिल्लामा न्यायिक प्रक्रिया शुरु नगरेपछि उनीहरुले दोषीलाई कारबाही र कानूनी प्रक्रिया अघि नबढाउने जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी श्यामकृष्ण अधिकारी र डिएपी मधुसुदन न्यौपानेलाई विभागीय कारबाही माग गरी काठमाडौंस्थित माइतिघर मण्डलामा धर्ना दिइरहेका थिए ।

हत्या भएको व्यक्तिलाई आत्महत्याको झूठो रिपोर्ट बनाएको र मुद्दा दर्ता गर्न जाने पीडित तथा महिला अधिकारकर्मीलाई दुव्र्यवहार गरेको आरोप बाँके प्रहरीमाथि लागेको छ ।

प्रकाशित मिति: Oct 19, 2021

प्रतिक्रिया दिनुहोस्