Logo
१४ बैशाख २०८१, शुक्रबार
(October 18, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कात्तिक दोस्रो साता प्रधानमन्त्री देउवा बेलायत जाने

प्रधानमन्त्री शेरबहादुर देउवा कात्तिकको दोस्रो साता बेलायत जाने भएका छन् ।

प्रधानमन्त्री देउवा कार्तिक १५ देखि आयोजना हुने ११ दिने जलवायु परिवर्तन सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन कोप(२६ मा भाग लिन बेलायतको ग्लास्गो सहर जाने भएका हुन् ।

देउवाले ग्लास्गो यात्रा गर्नुअघि नै वन तथा वातावरण मन्त्रालयको एक प्राविधिक टोलीलाई पठाइँदै छ । सम्मेलनमा विश्वभरबाट सरकार, राज्य प्रमुख र अन्य उच्च अधिकारीलगायत जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्र सङ्घको फ्रेम वर्क सन्धिमा हस्ताक्षर गर्ने सबै मुलुकले भाग लिँदै आएका छन् ।

सम्मेलनमा भाग लिने क्रममा देउवा र बेलायत, भारतलगायतका समकक्षीबिच साइडलाइन बैठकहरूका लागि नेपालका तर्फबाट आग्रह गरिए पनि त्यो निश्चित भइसकेको छैन ।

सम्मेलनमा जलवायु परिवर्तनका कारण विश्व समुदायले बेहोर्नुपरेको क्षति, चुनौती र रोकथामका उपायका विषयमा छलफल हुनेछ ।

प्रकाशित मिति: Oct 18, 2021

प्रतिक्रिया दिनुहोस्