Logo
१४ बैशाख २०८१, शुक्रबार
(October 13, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

४ जनाको मृत्यु भएपछि रुपन्देहीको मोतीपुर क्षेत्रमा लगाइएको कर्फ्यु हट्यो

रुपन्देहीको मोतीपुर क्षेत्रमा लगाइएको कर्फ्यु हटेको छ ।प्रहरीको गोली लागेर चार जनाको मृत्यु भएपछि रुपन्देहीको मोतीपुर क्षेत्रमा लगाइएको कर्फ्यु १२ बजेदेखि हटाइएको हो।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले स्थिति सामान्य भएपछि गएराति १२ बजेदेखि हटाइएको जानकारी दिएका हुन् ।

आइतबार स्थानीय र प्रहरीबीच मोतीपुर क्षेत्रमा झडप भएको थियो । सोही झडपमा प्रहरीले गोली चलाउँदा चार जनाको मृत्यु भएको हो । झडपमा प्रहरीसहित ८० जना घाइते भएका थिए ।

स्थिति असामान्य बनेपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यु जारी गरेको थियो ।औद्योगिक क्षेत्रको अतिक्रमित जग्गाबाट स्थानीयलाई हटाउन खोज्दा सुरक्षाकर्मीमाथि ढुंगामुढा र पेट्रोल बम प्रहार भएपछि बल प्रयोग गर्नु परेको प्रशासनले जनाएको छ ।

 

प्रकाशित मिति: Oct 13, 2021

प्रतिक्रिया दिनुहोस्