Logo
८ बैशाख २०८१, शनिबार
(October 10, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गैर सांसदलाई मन्त्री नियुक्त गर्दा दुई दिन नबित्दै राजीनामा दिने अवस्था आयो : श्रेष्ठ

नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले गैर सांसदलाई मन्त्री नियुक्त गर्दा दुई दिन नबित्दै राजीनामा दिने अवस्था आएको बताएका छन्

जनकपुर विमानस्थलमा बोल्दै जनताका भावना विपरीत मन्त्री नियुक्त हुँदा दुई दिन नबित्दै राजीनामा दिने अवस्था आएको बताएका हुन् । साथै उनले नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमालको राजीनामा जनताकै भावना अनुसार भएको बताएका छन् ।

जनकपुर विमानस्थलमा नेता श्रेष्ठले संविधानमा गैर सांसदलाई मन्त्री बनाउने व्यवस्था अनुरुप बनाएको भए पनि जनताको ‘म्यान्डेट’ अनुसार राजीनामा गर्ने अवस्था आएको बताए ।

राजीनामा दिने गरी मन्त्री किन बनाइयो जनताले प्रश्न गर्नेछन्, नेता श्रेष्ठले भने, ‘संविधानमा रहेको प्रावधान अनुसार गैर सांसदलाई मन्त्री बनाइयो । तर प्रावधानको औचित्य पुष्टि गर्न सक्नुपर्थ्यो ।’

गठबन्धनको आन्तरिक समस्याका कारण मन्त्रिपरिषद् विस्तारमा ढिलो भएको उनले बताए । सर्लाहीको लालबान्दीमा वाईसीएलले आयोजना गरेको कार्यक्रममा सहभागी हुन नेता श्रेष्ठ आएका हुन् ।

 

 

प्रकाशित मिति: Oct 10, 2021

प्रतिक्रिया दिनुहोस्