Logo
१५ बैशाख २०८१, शनिबार
(October 10, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लद्दाखमा शान्ति बहालीका लागि आज भारत र चीनबीच उच्चस्तरिय वार्ता

भारतको लद्दाखमा शान्ति बहालीका लागि आज भारत र चीनबीच उच्चस्तरिय वार्ता हुँदैं छ ।

चीन र भारतको सीमा मोल्डोमा हुन लागको दुई पक्षबीचको यो १३ औं वार्ता हो । भारतले लद्दाखमा तैनाथ चिनियाँ सैनिक फिर्ता गर्न चीनलाई पटक पटक गरेको आग्रह अटेर गर्दै गरेपछि भारतले आजको वार्तामा चीनलाई सेना फिर्ताका लागि थप दवाव दिने भारतीय सञ्चारमध्यमहरुले जनाएका छन् ।

यसअघि गत जुलाई ३१ मा यी दुई समुहबीच कमाण्डर स्तरमा १२ औं वार्ता भएको थियो । ९ घण्टा सम्म भएको वार्तामा लद्दाखको हट स्प्रिंग्स, गोगराबाट चिनिया सैनिक हटाउन भारतले गरेको आग्रह चीनले अटेर गरेपछि भारत चीनसँग थप असन्तुष्ट बनेको थियो ।

पछिल्लो समय भारतीय विदेशमन्त्री एस जयशकर र चिनियाँ समकक्षी वांग यीबीच द्धिपक्षीय वार्ता भएको थियो । वार्तामा भारतीय विदेशमन्त्री जसशंकरले लद्दाखको बिबाद समाधानका लागि एकपक्षीय परिवर्तनले काम नगर्ने भन्दै चीनलाई सेना फिर्ता गर्न दवाव दिनुभएको थियो ।

प्रकाशित मिति: Oct 10, 2021

प्रतिक्रिया दिनुहोस्