Logo
१२ बैशाख २०८१, बुधबार
(October 8, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश नं १ संसदको अधिवेशन बैठक आज, मुख्यमन्त्री आचार्यले विश्वासको मत लिदैँ

प्रदेश नं १ संसदको अधिवेशन बैठक आजदेखि सुरु हुँदैछ । प्रदेशसभा अधिवेशमा मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिदैँ छन् ।

नेकपा एमाले विभाजित भएपछि गत भदौ १० गते मुख्यमन्त्री नियुक्त भएका भीम आचार्य अल्पमतमा परेका छन् । एमालेका ५१ सांसदहरुमध्ये १० जनाले माधव नेपाल नेतृत्वको एकिकृत समाजवादी रोजेपछि आचार्यको पक्षमा ४१ सांसद मात्रै देखिएको छ ।

कांग्रेस, एकीकृत समाजवादी, माओवादी केन्द्र र जसपासहितको गठबन्धनमा ५० जना सांसद छन् । ९२ जना प्रदेशसभा सदस्य रहेको प्रदेश १ मा बहुमतका लागि ४७ मत आवश्यक पर्छ ।

प्रकाशित मिति: Oct 8, 2021

प्रतिक्रिया दिनुहोस्