Logo
१३ बैशाख २०८१, बिहीबार
(October 6, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एक्कासी छापा मार्नु अख्तियारको हस्तक्षेप र प्रदेश २ सरकारलाई बदनाम गर्ने प्रयास हो : मुख्यमन्त्री राउत

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मुख्यमन्त्री कार्यालयमा अख्तियारले छापा मारेर प्रदेश २ सरकारलाई बदनाम गर्ने प्रयास भएको बताएका छन् ।

बुधबार प्रदेशसभा बैठकमा राउतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले केही दिनअघि मुख्यमन्त्री कार्यालयमा छापा मार्नु सरकारलाई बदनाम गर्ने प्रयास भएको बताएका हुन् ।

राउतले केही कमजोरी भए बोलाएर सोध्न सक्ने भन्दै मुख्यमन्त्री राउतले एक्कासी छापा मार्नु हस्तक्षेप भएको बताएका हुन् । ‘यदि त्यसमा कुनै त्रुटि छ भने, फाइल कमजोर छ भने बोलाएर सोध्न सक्नुहुन्छ’ उनले भने, ‘तर यो अट्याक हो । प्रदेश सरकारलाई बदनाम गर्ने प्रयास गरिएको छ ।’

मुख्यमन्त्री राउतले अख्तियार संवैधानिक निकाय हो काम गर्न पाउनुपर्छ तर राजनीतिक दलले यसलाई यजेण्डा बनाउन नहुने बताए ।

मुख्यमन्त्री कार्यालयले बेटी बचाऊ बेटी पढाउ कार्यक्रम अन्तर्गत गत वर्ष प्रदेशभरका ८ कक्षाका छात्रालाई साइकल वितरण गरेको थियो । सो कार्यक्रम पारदर्शी नभएको भन्दै समाचार प्रकाशन भएपछि अख्तियारले गत हप्ता छापा मारेको थियो ।

प्रकाशित मिति: Oct 6, 2021

प्रतिक्रिया दिनुहोस्