Logo
१३ बैशाख २०८१, बिहीबार
(October 6, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकारमा पठाउने मन्त्रीको मापदण्ड बनाउन जसपाको कार्यकारिणी समितिको बैठक

मन्त्री चयनको मापदण्ड बनाउन जनता समाजवादी पार्टी, नेपालको कार्यकारिणी समितिको बैठक बस्दै छ । मन्त्रीमण्डलमा कसलाई कसरी पठाउने त्यसको मापदण्ड बनाउन कार्यकारिणी समितिको बैठक बस्न लागेको हो ।

सत्तारुढ गठबन्धनमा मन्त्रालयको टुगों लागेपछि मन्त्रीमा ककसलाई पठाउने विषयमा छलफल गर्न बुधबार जसपा नेपाल कार्यकारिणी समितिको बैठक बोलाइएको पार्टीका प्रचार विभाग प्रमुख डम्बर खतिवडाले बताए ।

उनले भने, ‘कार्यकारिणी समितिको बैठकबाट नाम नै टुंगो त लाग्दैन तर कस्तो व्यक्तिलाई पठाउने, नयाँ अनुहार पठाउने कि पुरानैबाट पठाउने लगायतका विषयमा मापदण्ड तयार गरी नेताहरुले नाम टुंगो लगाउनु हुनेछ ।’

मंगलबार बसेको जसपा संसदीय दलको बैठकले मन्त्रीबारे निर्णय लिने अधिकार अध्यक्ष उपेन्द्र यादवलाई दिएको छ । अध्यक्ष यादवले मन्त्रीको नाम टुंगो लगाउनुभन्दा पहिले कार्यकारिणी समितिको बैठकबाट पनि त्यसको म्याण्डेट लिन लागेका हुन् ।

जसपाले भौतिक पूर्वाधार तथा यतायात, वन तथा वतावरण, संघीय मामिला तथा समान्य प्रशासन र कृषि तथा पशुपन्छी विकास मन्त्रालय पाएको छ ।
स्रोतका अनुसार शीर्ष तहका नेताहरुलाई सरकारमा नपठाउन र नयाँ अनुहारलाई सरकारमा पठाउने तयारी भइरहेको छ ।जसपाले चारवटा मन्त्रालय मात्र पाएपछि जसपा नेपालमा मन्त्रीका आकांक्षी धेरै भएकाले मन्त्री व्यवस्थापनमा समस्या भएको जसपाका नेताले बताएका छन् ।

प्रकाशित मिति: Oct 6, 2021

प्रतिक्रिया दिनुहोस्