Logo
१२ बैशाख २०८१, बुधबार
(October 6, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रिय वाणिज्य बैंकद्धारा थप सात शाखा विस्तार, कार्यालयको संख्या २५४ पुग्यो

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले थप सात नयाँ शाखा कार्यालयहरु विस्तार गरेको छ ।

बाग्मती प्रदेश अन्तर्गत काठामाडौं जिल्लाको चन्द्रागिरी स्थित शाखा कार्यालय बलम्बु, कागेश्वरी मनोहरा स्थित शाखा कार्यालय थली, ललितपुर जिल्लाको गोदावरी स्थित शाखा कार्यालय ठैव, भक्तपुर जिल्लाको कमलविनायक स्थित शाखा कार्यालय कमलविनायक, चितवन जिल्लाको बरुवाबजार स्थित शाखा कार्यालय माडी, सिन्धुपाल्चोक जिल्ला सदरमुकाम साँगाचोकगढी स्थित शाखा कार्यालय चौतारा मा बैंकले शाखा विस्तार गरी कारोबार शुरु गरेको छ ।

यसैगरी बैंकले लुम्बिनी प्रदेशमा प्युठान जिल्लाको सदरमुकाम मल्लरानी स्थित शाखा कार्यालय प्युठान मा शाखा विस्तार गरी कारोबार शुभारम्भ गरेको छ ।

यसपछि बैंकको शाखा कार्यालयहरुको संख्या २५४ पुगेको छ । बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले शाखा विस्तारबाट सर्वसाधारण एवं व्यवसायी उद्यमीहरुको वित्तीय पहुंचमा थप सघाउ पुगि आधुनिक बैंकिङ्ग सेवा पाउने विश्वास व्यक्त गरे।

बैंकको सातै प्रदेश, ७७ वटै जिल्लामा २५४ वटा शाखा कार्यालय, २१६ वटा एटिएम र ९८ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।

प्रकाशित मिति: Oct 6, 2021

प्रतिक्रिया दिनुहोस्