Logo
७ बैशाख २०८१, शुक्रबार
(October 6, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आज विश्वासको मत लिँदै

प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले आज विश्वासको मत लिने भएका छन् ।

बुधबार बिहान ११ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री राउतले विश्वासको मत लिन लागेका हुन् । सत्तारुढ दल जनता समाजवादी पार्टी विभाजन भएपछि संवैधानिक प्रावधान अनुसार मुख्यमन्त्री राउतले विश्वासको मत लिन लागेका हुन्।

जसपा विभाजन भएको ३० दिनभित्रमा विश्वासको मत लिनुपर्ने कानुनी व्यवस्था अनुसार मुख्यमन्त्री राउतले प्रदेशसभामा विश्वासको मत लिने तय भएको प्रदेशसभा सचिवालयले जनाएको छ।

गत असोज १३ गते मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को बैठकबाट मुख्यमन्त्री लालबाबु राउतले विश्वासको मत लिनका लागि असोज २० मा प्रदेशसभा अधिवेशन आह्वान गर्ने निर्णय गरेको थियो ।

 

प्रकाशित मिति: Oct 6, 2021

प्रतिक्रिया दिनुहोस्