मन्त्रिपरिषद् बैठक आज बस्दै
मन्त्रिपरिषद् बैठक बस्दै छ ।प्रधानमन्त्री शेरबहादुर देउवाले बालुवाटारमा मंगलवार ४ बजेका लागि बैठक बोलाएका हुन् ।
।
सत्तारूढ गठबन्धनका शीर्ष नेताहरूबीच आज बालुवाटारमा बसेको बैठकमा कुन दलले कुन मन्त्रालय लिने भन्नेबारे मोटामोटी सहमति समेत भएको छ । बालुवाटार स्रोतका अनुसार सके आजै नभए बुधबारसम्म मन्त्रिपरिषदलाई पूर्णता दिने गरी तयारी गरिएको छ।
प्रधानमन्त्री देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवबीच आज छलफल भएको थियो।