नेपाली बजारमा फक्सवागन एसयूभी टाइगुन सार्वजनिक,यस्ता छन् विशेषता
नेपालका लागि फक्सवागन गाडीको आधिकारिक वितरक पूजा इन्टरनेसनल नेपाल प्रालिले हिजो काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच फक्सवागन टाइगुन एसयूभी सार्वजनिक गरेको छ ।
नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत डा. थोमस प्रिन्जले सो एसयूभी सार्वजनिक गरे ।नयाँ कम्प्याक्ट एसयूभी टाइगुन विश्व स्तरीय १।० लिटर टर्बोचार्ज्ड इन्जिनद्वारा सञ्चालित छ, जसले ११४ एचपी पावर र १७८ एनएम टर्क जेनेरेट गर्छ । नेपाली बजारमा उपलब्ध यो क्याटागोरीका कम्प्याक्ट एसयूभी मध्ये यसको पावर र टर्क सबैभन्दा उच्च भएको कम्पनीको दाबी छ ।
फक्सवागन आफ्ना ठूला एसयूभीको लागि विश्वमै लोकप्रिय छ । एसयूभी ‘टाइगुन’ लन्च पश्चात अब कम्पनी मास मार्केटमा समेत प्रवेश गर्ने विश्वास गरेको छ ।
फक्सवागन टाइगुनको सुरुवाती भेरिएन्ट कम्फर्टलाइनको मूल्य सीमित अवधिको लागि ५० लाख ९० हजार रुपैयाँ तोकिएको छ । तीन भेरिएन्ट मध्ये बाँकी दुई भेरिएन्ट टाइगुन हाइलाइनको प्रारम्भिक मूल्य ६३ लाख ९० हजार र टाइगुन टपलाइनको प्रारम्भिक मूल्य ७० लाख ९० हजार रुपैयाँ तोकिएको छ ।
उत्तर अमेरिकी जंगल ‘टाइगा’ बाट ‘टाइगुन’ नाम राखिएको हो । भारत र नेपालको स्थानीय ड्राइभिङ अवस्थालाई मध्यनजर गरी विशेष रुपमा टाइगुनको डिजाइन गरिएको छ ।
अन्तर्राष्ट्रिय रुपमा प्रचलित एमक्यूबी प्लेटफर्मलाई फक्सवागनले एमक्यूबी एओ आईएन प्लेटफर्ममा स्थानीयकरण गरी भारतमा यसको उत्पादन गरेको हो ।
यसले विश्वभर प्रचलित फक्सवागनका सबै मोडल जस्तै टिकाउपन र गुणस्तरलाई टाइगुनमा समेत प्रयोगमा ल्याएको छ ।टाइगुन यो सेगमेन्टको गेम चेन्जर एसयूभी हुने र टिकाउपना, वातावरणमैत्री र सुरक्षाको सन्दर्भमा कम्प्याक्ट एसयूभीको संसारलाई नै पुनर्परिभाषित गर्नेछ ।
आधुनिक प्रविधि र परिवर्तन मन पराउने ग्राहकका लागि यो उपयुक्त एसयूभी बन्ने छ भन्ने कुरामा कम्पनी विश्वस्त भएको बताएको छ ।
कम मूल्यमा ४० भन्दा बढी सुरक्षात्मक संयन्त्र सहितको फक्सवागनका फन-टु-ड्राइभ विशेषताको यो कारमार्फत ग्राहकले आनन्द प्राप्त गर्ने कुरामा कम्पनी विश्वस्त छ ।
फक्सवागनले पहिले देखि नै उपलब्ध गराइरहेका यो भन्दा ठूला कार टिगुआन र ट्वारेगमा प्रयोग गरिएको ग्लोबल डिजाइन ल्यांग्वेज र लाइनेज यसमा पनि प्रयोग गरिएको छ ।
सिटी, हाइवे वा अफरोड जस्तोसुकै अवस्थामा पनि बेस्ट ड्राइभिङ अनुभव चाहनेहरुका लागि टाइगुन लक्ष्यित छ ।फक्सवागन टाइगुनमा फ्रेस तथा भाइब्रेन्ट डिजाइन सहितको स्टाइलिस बोल्ड एक्सटेरियर छ ।
अघिल्लो भागमा भएको मस्कुलर ग्रिललाई एलईडी डे टाइम रनिङ लाइट (डीआरएल्स) सँग पूर्ण रुपमा एकीकृत गरिएको छ । उच्च ग्राउन्ड क्लियरेन्स र लामो ह्विलबेस नेपाली सडकका लागि पूर्ण रुपमा फिट छ । इन्टेरियर डिजाइन पनि मोडर्न र फ्रेस छ भने ड्युअल टोन ड्यासबोर्डले कारको प्रिमियम अपिललाई अझै बढाएको छ ।
फक्सवागन टाइगुनले ९.१ सेकेन्डमै ० देखि १०० किलोमिटर प्रतिघण्टा सम्मको गति लिन सक्छ । यसमा १० इन्च इन्फोटेनमेन्ट सिस्टम, फुल डिजिटल क्लस्टर, फ्रन्ट भेन्टिलेटेड सिट, हिल असिस्ट कन्ट्रोल, इलेक्ट्रिक मुनरुफ, एलईडी टेललाइट लगायतका विभिन्न अत्याधुनिक फिचर पाउन सकिन्छ ।
पत्रकार सम्मेलनमा पूजा इन्टरनेसनल नेपाल प्रालिका सीईओ विवेक बिजुक्छेले भने ‘फक्सवागन टाइगुनमा भएका ४० भन्दा बढी एक्टिभ र प्यासिभ सेफ्टी फिचरले कार भित्रका यात्रु मात्र होइन, कार बाहिर वरिपरिका व्यक्तिहरुलाई समेत सुरक्षित राख्छ ।
टायर प्रेसर डिफ्लेक्सन वार्निङ, बक्स सेन्सर सहितको रिभर्स क्यामेरा, इलेक्ट्रोनिक ब्रेक फोर्स डिस्ट्रिब्युसन, हिल होल्ड कन्ट्रोल, थ्री रियर हेड रिस्ट्रेन्स आदि यसमा भएका केही एक्टिभ सेफ्टी फिचर हुन् ।
त्यसैगरी मल्टी–कोलिजन ब्रेक, हाई स्ट्रेन्थ स्टिल स्ट्रक्चर, ६ वटा सम्म एयरब्याग, सबै यात्रुका लागि थ्री प्वाइन्ट सेफ्टी बेल्टलगायत अन्य धेरै प्यासिभ सेफ्टी फिचर यो गाडीमा उपलब्ध छन् ।
यी मध्ये धेरै फिचर देख्न नसकिने भएकाले धेरै चर्चामा आएको पाइदैन । तर सुरक्षाको मामिलामा भने यी फिचर निकै नै महत्वपूर्ण छन् । उदाहरणका लागि कुनै अवस्थामा कार अन्य कारसँग ठोकिने अवस्थामा मल्टी–कोलिजन ब्रेकले त्यसलाई रोक्छ र यात्रुहरुलाई थप जोखिम हुनबाट बचाउछ ।
त्यसैगरी अचानक दुर्घटना हुने अवस्थामा हाई–स्ट्रेन्थ स्टिल स्ट्रक्चरले चारैतिरबाट यात्रुलाई पर्न जाने धक्कालाई कम गराउछ ।
फक्सवागनमा प्रसिद्ध टीएसआई प्रविधि ब्रान्डकै पायोनियरिङ प्रविधि हो । यस इन्जिनको विशेषता भन्नु नै परम्परागत पुरानो इन्जिन भन्दा कम सीसीबाट नै अत्याधुनिक पावर, एक्सिलरेसन र माइलेज दिने हो । हल्का इन्जिन साइज र थोरै आरपीएम ब्यान्डमा उच्च टर्क प्रदान गर्ने हुँदा टाइगुन चलाउदा ग्राहकले फन टु ड्राइभ अनुभव प्राप्त गर्न सक्नु हुन्छ ।’
सीईओ बिजुक्छेले थप स्पष्ट पारे, ‘युरोपेली र चाइनिज बजारमा धेरै नै फ्यान भएका फक्सवागनको लोकप्रिय एसयूभी टी–क्रसबाट नयाँ एसयूभी टाइगुन उत्पादन गरिएको छ । यसमा टी–क्रसमा भएका सवै विशेष फिचर समावेश गरिएका छन् । यो पावर, पर्फमेन्स, सेफ्टी र कम्फर्टमा कुनै पनि सम्झौता नगरिएको ‘ट्राइड एन्ड टेस्टेड भेइकल’ बनेको छ ।’
कम्पनीले प्रारम्भिक अवस्थामा पहिलो १०० ग्राहकलाई निःशुल्क एसेसरिज र आकर्षक नगद छुट समेत उपलब्ध गराउने भएको छ । पहिलो वर्ष करिव १ हजार टाइगुन बिक्री–वितरण गर्ने लक्ष्य भएको कम्पनीको भनाइ छ ।
टाइगुन मेला गरिने
यो दसैं पर्वलाई लक्ष्यित गरी पूजा इन्टरनेसनल नेपाल प्रालिले वान दरबार महल दरवारमार्गमा ‘फक्सफेस्ट सरप्राइज’ अन्तर्गत आगामी तिहार सम्मका लागि टाइगुन मेला लगाउने भएको छ । उक्त अवसरमा टाइगुन टेस्ट ड्राइभ गर्न सकिने र बीएमडब्ल्यु जी३१०जीएस मोटरसाइकल, सुजुकी बर्गम्यान स्कुटर र सामसुङ जेडफ्लिप्स३ स्मार्टफोन जित्न सकिने छ ।
गाडी किन्न इच्छुक ग्राहकले टेस्ट ड्राइभ स्थलबाटै बुकिङ, फाइनान्सिङ, इन्स्योरेन्स र एक्सचेन्ज सुविधा प्राप्त गर्न सक्ने छन् । यस वाहेक बालबालिका र परिवारसँग रमाउनका लागि विभिन्न आकर्षक खेलहरुको आयोजना समेत गरिने छ ।नेपाल अटो