Logo
१४ बैशाख २०८१, शुक्रबार
(October 3, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

तुलसी आचार्यको उपन्यास मोचनको बिमोचन

साहित्यकार डा.तुलसी आचार्यको नेपाली भाषाको पहिलो उपन्यास मोचनको शनिबार विमोचन भएको छ ।

समालोचक तथा कवि महेश पौड्याल, प्राध्यापक ज्ञानु अधिकारी, आख्यानकार तथा सम्पादक राजन मुकारुङ र सन्चारकर्मी टिकाराम यात्रीले संयुक्त रुपमा उपन्यासको विमोचन गरेका थिए ।

समसामायिकता र पुरुष मनोविज्ञानमा आधारित उक्त उपन्यासले धेरैको मन जित्नेमा आफू विश्वस्त रहेको कार्यक्रममा उपस्थित प्रस्तोताहरूले बताएका थिए ।

विमोचन कार्यक्रममा उपन्यासले उजागर गरेका वा देखाउन खोजेको विविध पक्षमा प्यानल छलफल भएको थियो । कार्यक्रमको संचालन सरोज घिमिरेले गरेका थिए भने शुभकामना मन्तब्य उपन्यासका प्रकासक फिनिक्स बुक्सका गणेश सुवेदीले गरेका थिए ।

न्यून पात्रहरूको उपस्थापनमा जीवन भोगाइका अनेक आयाम अभिरेखित यो उपन्यासले जीवनका अक्करिला बाटा र सम्बन्धका अनपेक्षित मोडलाई सादृश्य गराउँदै आशा र निराशाजन्य अभिव्यक्ति एकसाथ मुखरित गरेको छ ।

नेपाल र अमेरिकाको परिवेश र जीवन पद्धतिको रोचक वर्णनले कथानक जीवन्त बनेको मात्र छैन पाठकलाई नयाँ खुराक समेत पस्किएको छ ।

लेखक आचार्यको यो नेपाली भाषाको पहिलो उपन्यास हो भने अंग्रेजी उपन्यास “रनिङ्ग फ्रम दि ड्रिम्ल्याण्ड” पछिको दोस्रो हो । उनको अंग्रेजी गैर आख्यान पुस्तक “सेक्स, जेण्डर र डिसेबिलिटि” भन्ने पुस्तक लण्डनको प्रकाशन रुट्लेजले विस्व बजारमा ल्याइसकेको छ ।

उक्त कार्यक्रममा लेखक, पत्रकार, साहित्यकार तथा पाठकहरुको उल्लेखनिय उपस्थिति थियो ।साहित्य तथा सृजनशील लेखनमा स्नातकोतर गरेका आचार्यका पुस्तक अनलाईन गुगल गरेर पनि किन्न सकिन्छ ।

प्रकाशित मिति: Oct 3, 2021

प्रतिक्रिया दिनुहोस्