Logo
१४ बैशाख २०८१, शुक्रबार
(September 29, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अख्तियारको मार्‍यो प्रदेश २ को मुख्यमन्त्री कार्यालयमा छापा !

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश नं २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा छापा मारेको छ । बर्दिबासस्थित अख्तियार कार्यालयमार्फत गएको टोलीले मुख्यमन्त्री कार्यालयमा छापा मारेको हो ।

प्रदेश-२ ले छोरीहरू विद्यालय पठाउने कार्यलाई उत्प्रेरित गर्ने गरी ‘बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रम सञ्चालन गरेको छ । त्यस कार्यक्रमअन्तर्गत बालिकाहरूलाई साइकल वितरण गरिन्छ ।

उक्त साइकल खरिद र वितरण कार्यमा अनियमितता भएको उजुरी परेपछि अख्तियारले त्यससम्बन्धी कागजात लिन छापा मारेको हो ।अख्तियार स्रोतका अनुसार केन्द्रबाट गएको टोलीले त्यससम्बन्धी कागजात लिएको छ ।

प्रकाशित मिति: Sep 29, 2021

प्रतिक्रिया दिनुहोस्