Logo
७ जेष्ठ २०८१, सोमबार
(September 28, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ओलीले आज मिडिया सम्पादकसँग छलफल गर्ने

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली मिडियाका सम्पादकहरूसँग छलफल गर्ने भएका छन् ।सरकारबाट बाहिरिएपछि एमाले अध्यक्षले पहिलो पटक सम्पादकसँग छलफल गर्न लागेको हुन् ।

मिडिया सम्पादकहरूसँगको छलफल नयाँ बानेश्वरमा मंगलबार अपराह्न ४ बजेपछि हुने एमाले नेता खिमलाल भट्टराईले जानकारी दिए ।

प्रधानमन्त्री छँदा पनि उनले बालुवाटारमा दुई-तीन पटक सम्पादकहरूसँग छलफल गरेका थिए ।नेकपा एमालेले असोज १५ देखि १७ गतेसम्म विधान महाधिवेशन आयोजना गरेको सन्दर्भका साथै पछिल्लो राजनीतिक घटनाक्रमबारे कुराकानी गर्न ओलीले

सम्पादकहरूसँग भेटघाट कार्यक्रमको आयोजना गरेको एमाले नेताहरुले बताएका छन् ।

 

प्रकाशित मिति: Sep 28, 2021

प्रतिक्रिया दिनुहोस्