Logo
७ जेष्ठ २०८१, सोमबार
(September 27, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ओलीलाई रावलको प्रश्न : तपाईँले दश बुँदे सहमति कहिलेसम्म कार्यान्वयन गर्नुहुन्छ ?

नेकपा एमालेमा फेरि मनमुटाव सुरु भएको छ । पछिल्लो समयमा फेरि एमालेभित्र दश बुँदे सहमति पुरा कार्यान्वयन नभएको भनी विवाद उत्पन्न भएको छ ।

नेकपा एमालेको आज बसेको स्थायी कमिटीको बैठकमा अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष डा. भीमबहादुर रावलबीच सवालजवाफ भएको छ ।

आज बसेको स्थायी कमिटी बैठकमा रावलले यसअघि भएको दश बुँदे सहमति कार्यान्वयनको विषयमा सवालजवाफ भएको हो । बैठकको सुरुमै रावलले अध्यक्ष ओलीको नाम लिएर दश बुँदे सहमति कहिलेसम्म कार्यान्वयन गर्नुहुन्छ ? भन्दै प्रश्न गरेका थिए ।

रावलको भनाई उद्धृत गर्दै स्रोतले भन्यो-‘अध्यक्षज्यू, तपाईँ कतिञ्जेलसम्म दश बुँदे कार्यान्वयन गर्नुहुन्न ? दश बुँदे कार्यान्वयन नभएसम्म विवाद समाधान हुँदैन् । यो सहमति अक्षरंश पालना हुनुपर्छ । यसमा हामी एक ईन्चपनि ब्याक हुन्नौं ।’ हिजोको केन्द्रीय कमिटी बैठकमा रावल अनुपस्थित भएका थिए ।

रावलले आफू केही समय मौन बस्ने प्रतिक्रिया दिएका थिए । कतिपयले दश बुँदे कार्यान्वयन नभएकोले रावलले केन्द्रीय बैठक बहिष्कार गरेकोसमेत टिप्पणी गरेका थिए ।

सुदुरपश्चिम प्रदेशको हकमा आफूलाई ईन्चार्ज नदिईएको र अहिलेसम्म एउटा पनि बैठक राख्न नसकेको भन्दै रावल अध्यक्ष ओलीसँग रुष्ट छन् ।

अध्यक्ष ओलीले पनि रावलको मागको सुनुवाई गर्ने सवालमा त्यति ईच्छा देखाएका छैनन् । दश बुँदे सहमति हुँदापनि सुदुरपश्चिम प्रदेशको ईन्चार्जमा लेखराज भट्टले ईन्चार्जको रुपमा काम गरिरहेका छन् ।

प्रकाशित मिति: Sep 27, 2021

प्रतिक्रिया दिनुहोस्