Logo
१३ बैशाख २०८१, बिहीबार
(September 27, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जितियाको अवसरमा प्रदेश २ मा बुधबार महिलालाई सार्वजनिक विदा

मधेसका महिलाहरुको ठूलो पर्व जितियाको अवसर प्रदेश २ सरकारले असोज १३ गते बुधबार महिलालाई सार्वजनिक विदा दिएको छ ।

मधेसका महिलाहरुको ठूलो पर्व जितियाको अवसर पारेर महिलाहरुलाई प्रदेश २ सरकारले सार्वजनिक विदा दिएको हो ।मुख्यमन्त्री लालबाबु राउतले सोमबार जितिया पर्वको शुभकामना दिँदै असोज १३ गते महिलाहरुलाई सार्वजनिक विदा दिने बताएका हुन् ।

मुख्यमन्त्रीले राउतले सन्तानप्रति आमाको स्नेह झल्काउने यस पर्वले प्रदेशभरि नै आस्था र प्रेम कायम गरोस् भनी शुभकामना दिएका छन् ।

मंगलबार बिहानीपख आँगनमा घिरौलाको पातमा दही र केरा चढाएपछि यो ब्रत शुरु हुन्छ । यो ब्रत शुरु भएपछि महिलाहरु निराहार रहने गर्छन् ।मंगलबार बिहानदेखि शुरु हुने उपवास बुधबार साँझ ५ बजेर १५ मिनेटसम्म कायम रहनेछ ।

प्रकाशित मिति: Sep 27, 2021

प्रतिक्रिया दिनुहोस्