Logo
७ जेष्ठ २०८१, सोमबार
(September 27, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दल विभाजनसम्बन्धी अध्यादेश फिर्ता भई छिट्टै मन्त्रिपरिषद् विस्तार हुन्छ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दल विभाजनसम्बन्धी अध्यादेश फिर्ता भई छिट्टै मन्त्रिपरिषद् विस्तार हुने बताएका छन्।

सोमबार पार्टी कार्यालय पेरिस डाँडामा बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा प्रचण्डले दलहरूबीच अध्यादेश फिर्ता लिने सहमति भएको बताएका हुन्।साथै बैठकमा प्रचण्डले सरकार विस्तार पनि छिट्टै हुने बताएका थिए।

स्थायी कमिटीको बैठकमा प्रचण्डले नेकपा एकीकृत समाजावादी र जनता समाजवादी पार्टीले धेरै मन्त्रालय मागेको समेत ब्रिफिङ गरेका थिए।

अहिलेसम्म मन्त्रालय भागबन्डाको विषयमा प्रवेश नै नभएको तर अब यस विषयको समेत टुंगो लाग्ने प्रचण्डले भनेका थिए । हिजो (आइतबार) बसेको सत्ता गठबन्धन बैठकमा अध्यादेश फिर्ता लिने सहमति समेत भएको थियो।

त्यस्तै बैठकले महाधिवेशनका केही कार्यतालिकामा हेरफेर गरेको हो ।बैठकले सदस्यता नवीकरण गर्ने मितिलाई असोज मसान्तसम्म समय थप गर्ने निर्णय गरेको छ भने स्थानीय स्तरमा हुने वडा भेलाको बैठक कात्तिक १३ गते गर्ने र मङ्सिर ४ गते पालिकास्तरीय भेला गर्ने निर्णय गरेको स्थायी कमिटी सदस्य देव गुरुङले जानकारी दिए ।

माओवादी केन्द्रले आफ्नो राष्ट्रिय सम्मेलन पुस ११ गतेदेखि १३ गतेसम्म गर्ने निर्णय गरेको छ ।स्थानीयस्तरको भेलाको समय सारे पनि प्रदेश सम्मेलन र राष्ट्रिय सम्मेलनको समय सारिएको छैन ।

माओवादी केन्द्रले मंगलबार पनि स्थायी कमिटी बैठक बोलाएको छ। बैठकमा पुसमा हुने राष्ट्रिय सम्मेलनबारे छलफल हुने साहले बताए।

 

प्रकाशित मिति: Sep 27, 2021

प्रतिक्रिया दिनुहोस्