Logo
७ जेष्ठ २०८१, सोमबार
(September 27, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

माओवादी केन्द्रले गर्यो पार्टी महाधिवेशन कार्यतालिकामा हेरफेर

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकले पार्टीको आगामी महाधिवेशनको कार्यतालिकामा केही हेरफेर गरेको छ ।सोमबार विहान पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले महाधिवेशनका केही कार्यतालिकामा हेरफेर गरेको हो ।

बैठकले सदस्यता नवीकरण गर्ने मितिलाई असोज मसान्तसम्म समय थप गर्ने निर्णय गरेको छ भने स्थानीय स्तरमा हुने वडा भेलाको बैठक कात्तिक १३ गते गर्ने र मङ्सिर ४ गते पालिकास्तरीय भेला गर्ने निर्णय गरेको स्थायी कमिटी सदस्य देव गुरुङले जानकारी दिए ।

स्थानीयस्तरको भेलाको समय सारे पनि प्रदेश सम्मेलन र राष्ट्रिय सम्मेलनको समय सारिएको छैन । माओवादी केन्द्रले आफ्नो राष्ट्रिय सम्मेलन पुस ११ गतेदेखि १३ गतेसम्म गर्ने निर्णय गरेको छ ।

त्यस्तै माओवादीले मन्त्रिपरिषद्लाई पूर्णता दिन देखिएको कानुनी जटिलतालाई अविलम्ब हल गरेर अगाडि बढ्न गठबन्धन बैठकमा छलफल गर्ने निर्णय गरेको छ ।

बैठकमा सरकारको पूर्णताको लागि कानुन, अध्यादेश तथा सर्वोच्च अदालतमा रहेको मुद्दाको विषयमा छलफल भएको स्थायी कमिटी सदस्य देव गुरुङले जानकारी दिए । सदन अदालतसँग जोडिएको कानुनी जटिलता हेरे लगत्तै मन्त्रिमण्डल विस्तारमा छलफल अगाडि बढ्ने गुरुङको भनाइ थियो ।

प्रकाशित मिति: Sep 27, 2021

प्रतिक्रिया दिनुहोस्