Logo
७ जेष्ठ २०८१, सोमबार
(September 27, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एमालेको विरोधकाबीच राष्ट्रिय सभाबाट बजेटसँग सम्बन्धित दुई विधेयक पारित

प्रमुख विपक्षी नेकपा एमालेको विरोधकाबीच राष्ट्रियसभाले बजेटसँग सम्बन्धित दुई विधेयक पारित गरेको छ । सोमबार बैठक सुरु भए लगत्तै एमालेका सांसदहरुले उठेर विरोध गरेका थिए । र समय पाएपछि एमाले सांसद परशुराम मेघी गुरुङले आफूहरूको विरोध कायमै रहेको बताए ।

तर, सभाध्यक्ष गणेश तिमल्सिनाले एमालेको विरोधकाबीच आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ माथिको दफाबार छलफल अगाडि बढाए । दफाबार छलफलमा कुनै पनि सांसदले भाग लिएनन् । र सभाले दुवै विधेयक बहुमतले पारित गर्‍यो ।

दुवै विधेयक प्रतिनिधिसभाबाट पारित भएर राष्ट्रिय सभामा गएको थियो । सोमबार राष्ट्रिय सभाले पनि पारित गरेर पुनः प्रतिनिधिसभामै पठाएको छ।

अब आजै दिउँसो दुई बजे बस्ने प्रतिनिधिसभाको बैठकमा राष्ट्रियसभाले पारित गरेको सन्देश पेस हुनेछ । र प्रतिनिधिसभाले सभामुख हुँदै प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पुग्छ र प्रमाणीकरण भएपछि कार्यान्वयनमा जान्छ ।

प्रकाशित मिति: Sep 27, 2021

प्रतिक्रिया दिनुहोस्