Logo
७ जेष्ठ २०८१, सोमबार
(September 27, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज एमालेको स्थायी कमिटी बैठक, १० बुँदेमा आएका प्रश्न र प्रतिनिधिबारे छलफल

नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्ने भएको छ ।

तुलसीलाल अमात्य प्रतिष्ठान ललितपुरमा ११ बजे बस्ने बैठकमा १० बुँदे सहमति कार्यान्वयनमा भइरहेको प्रगति, विधान महाधिवेशनमा छनोट हुने प्रतिनिधि लगायतका विषयमा छलफल हुने नेताहरूले बताएका छन् ।

नेकपा एमाले जेठ २ मा फर्कने १० बुँदे सहमति भए पनि उक्त सहमति कार्यान्वयन नभएको भन्दै सुदूरपश्चिम लगायतका केही स्थानमा नेताहरूले असन्तुष्टि व्यक्त गरेका छन् ।

‘१० बुँदेमा आएका प्रश्न र प्रतिनिधिबारे छलफल हुन्छ,’ स्थायी कमिटी सदस्य सुवास नेम्वाङले भने, ‘१० बुँदेबारे सामान्य छलफल हुन्छ ।’

आइतबार सम्पन्न भएको केन्द्रीय कमिटी बैठकमा समेत उपाध्यक्ष रावल लगायतका नेताहरूले १० बुँदे कार्यान्वयन नभएको भन्दै स्पष्ट पार्न माग गरेका थिए ।साथै उनीहरूले केन्द्रीय कमिटीकै बीचमा स्थायी कमिटी बैठक राखेर स्पष्ट पार्न माग गरेका थिए ।तर, अध्यक्ष केपी ओलीले केन्द्रीय कमिटी बैठकपछि स्थायी कमिटी बैठक राखेर १० बुँदे कार्यान्वयनमा आएको समस्याबारे छलफल गर्न सकिने बताएका थिए ।

सोही अनुसार आज स्थायी कमिटी बैठक बोलाइएको हो । जेठ २ मा फर्कदा सुदूरपश्चिमको पार्टी इन्चार्ज उपाध्यक्ष भीम रावल हुनुपर्ने भए पनि हाल माओवादी केन्द्रबाट आएका लेखराज भट्टले नै इन्चार्जको भूमिका निर्वाह गरिरहेका छन् ।यसमा सुदूरपश्चिमका नेताहरूले आपत्ति जनाउँदै आएका छन् ।

प्रकाशित मिति: Sep 27, 2021

प्रतिक्रिया दिनुहोस्