Logo
७ जेष्ठ २०८१, सोमबार
(September 26, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

माधवलाई ओलीको जवाफ : मच्छडले निदाएको बेला सिंगै हात्ती खाएको सपना देख्नु सरह !

नेकपा एकृकीत समाजवादीका अध्यक्ष माधव नेपालले एमालेलाई र्टच बालेर खोज्नुपर्ने भनेर दिएको अभिब्यक्तिलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मच्छडले सपनामा सिंगै हात्ती खाएको सपना सरह भएको बताएका छन् ।

आइतबार बसेको केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्यहरुले उठाएको प्रश्नको जवाफ दिँदै ओलीले माधव नेपाललाई मच्छडसँग तुलना गरेका हुन् ।

अध्यक्ष ओली भने ‘मच्छडले निदाएको बेला सिंगै हात्ती खाएको सपना देख्नु र माधव नेपालले आगामी चुनावमा एमालेलाई टर्च बालेर खोज्नुपर्छ भन्नु उस्तै हो’ ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष समेत रहेका माधवकुमार नेपालले शनिबार आगामी निर्वाचनमा केपी ओलीको पार्टीलाई टर्च बालेर खोज्नुपर्ने बताएका थिए ।

प्रकाशित मिति: Sep 26, 2021

प्रतिक्रिया दिनुहोस्