Logo
१४ बैशाख २०८१, शुक्रबार
(September 26, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश २ मा आज लोसपाको संसदीय दलको बैठक

प्रदेश नं २ मा आज लोकतान्त्रिक समाजवादी पार्टीको संसदीय दलको बैठक बस्दै छ।संसदीय दलको विधान पारित गरेर नेता चयन गर्न बैठक बोलाइएको प्रदेश सभा सदस्य परमेश्वर साहले बताए।

तत्कालीन जसपाबाट भएर गठन भएको लोसपा संसदीय दलको यो पहिलो बैठक हो । जनकपुरस्थित होटेल सिटी स्टारमा आज दिउँसो बैठक बोलाइएको छ।

बैठकमा अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, शरदसिंह भण्डारी, अनिल झा लगायतका नेता समेत सहभागी हुने छन्।दलको नेता सम्बन्धमा बनेको विधानप्रति सांसदहरुको एकमतै रहेकाले पारित गर्न सहज देखिएको छ। तर संसदीय दलको नेतामा तीन जना सांसदले आकाङ्क्षी छन्।

सांसद जितेन्द्र सोनल, उपेन्द्र महतो र सुरिता साह संसदीय दलको नेताका आकाङ्क्षी हुन्।दलका नेतामा सोनललाई नै चयन गर्न आन्तरिक छलफल चलिरहेको उनी निकट सांसद परमेश्वर साहले बताए। सहमति नभए चुनाव गरिने उनले बताए।

प्रकाशित मिति: Sep 26, 2021

प्रतिक्रिया दिनुहोस्