Logo
१४ बैशाख २०८१, शुक्रबार
(September 24, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्री देउवाले गरे अमेरिकी राष्ट्रपतिद्वारा आयोजित सम्मेलनलाई सम्बोधन {भिडियोसहित}

अमेरिकी राष्ट्रपति जो बाइडेनले आयोजना गरेको सम्मेलनलाई प्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गरेका छन् ।

गएराति आयोजित सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले नेपालले सन् २०२२ को अप्रिलसम्म ८० प्रतिशतलाई कोभिड विरुद्धको खोप लगाइसक्ने बताएका छन् ।

देउवाले कोभिड १९ महामारी नियन्त्रण गर्न सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिए । राष्ट्रपति बाइडेनले राष्ट्रसंघीय महासभाको पूर्वसन्ध्यामा आयोजना गरेको सो भर्चुअल सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लगायतका नेताहरुले सम्बोधन गरेका थिए ।

शनिबार आयोजना हुने राष्ट्रसंघीय महासभाको ७६ औं सत्रलाई १९३ देशका सरकार प्रमुख र राष्ट्र प्रमुखहरुले सम्बोधन गर्दैछन् ।

 

प्रतिक्रिया दिनुहोस्