Logo
१४ बैशाख २०८१, शुक्रबार
(September 22, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गुल्मीमा पहिरोमा परी एकै परिवारका तीन जनाको मृत्यु

लुम्बिनी प्रदेश अन्तर्गत रहेको गुल्मी जिल्लामा पहिरोमा परी एकै परिवारका तीन जनाको मृत्यु भएको छ । गुल्मीको रेसुंगा नगरपालिका-८ थुम्कामा गए रातिको भिषण बर्षा कारण पहिरो जाँदा स्थानीय तिलक परियारका तीन छोरीको मृत्यु भएको हो ।

मृत्यु हुनेमा २१ बर्षकी भावना र १४ बर्षका जुम्ल्याहा गंगा र जमुना रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिएका छन् ।

राती करिब एक बजे घरमाथिबाट पहिरो आएपछि सुतिरहेका उनीहरुको पुरिएर मृत्यु भएको हो । घरका अन्य ब्यक्तिहरु भने सुरक्षित रहेको प्रहरीले जनाएको छ । नेपाली सेना र नेपाल प्रहरीले पुरिएकाहरुको शव निकालेको छ ।

 

प्रकाशित मिति: Sep 22, 2021

प्रतिक्रिया दिनुहोस्