Logo
५ जेष्ठ २०८१, शनिबार
(September 22, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज कांग्रेसको पदाधिकारी बैठक, मन्त्री छनोट र महाधिवेशनबारे छलफल हुने

नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दै छ ।बैठक बुधबार दिउँसो तीन बजे देउवाको निजी निवास बूढानीलकण्ठमा बस्ने छ ।

सरकारमा सहभागी हुने मन्त्री छनोट र आसन्न महाधिवेशनबारे छलफल गर्न बैठक बस्न लागेको देउवा निकट एक नेताले जानकारी दिए ।

हिजो (मंगलबार) बसेको सत्ता गठबन्धनको बैठकमा परराष्ट्र मन्त्री तत्काल नियुक्त गर्ने सहमति भएको थियो । प्रधानमन्त्री देउवाले नेता डा. नारायण खड्कालाई परराष्ट्र मन्त्री बनाउने तयारी गरेको स्रोतले बताएको छ ।

२९ असारमा प्रधानमन्त्री नियुक्त भएका देउवाले त्यही दिन चार मन्त्री नियुक्त गरेका थिए । काङ्ग्रेसबाट बालकृष्ण खाँण गृह र ज्ञानेन्द्रबहादुर कार्की कानूनमन्त्री भएका छन् भने माओवादी केन्द्रबाट जनार्दन शर्मा अर्थ र पम्फा भुसाल उर्जामन्त्री छन् ।

यस्तै १० साउनमा काँग्रेस सांसद उमेश श्रेष्ठ स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री बनेका थिए ।

प्रकाशित मिति: Sep 22, 2021

प्रतिक्रिया दिनुहोस्