Logo
५ जेष्ठ २०८१, शनिबार
(September 21, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मन्त्रीपरिषद् मिल्ने भए प्रचण्ड-माधवले भ्यागुताले जस्तो फुलाउँथे !२५ मा अटाउन समस्या भयो : ओली

एमालेका अध्यक्ष केपी ओलीले ७२ दिनसम्म मन्त्रिपरिषद् विस्तार नहुँदा देशको महत्वपूर्ण समय खेर गएको टिप्पणी गरेका छन् ।

श्वेतशार्दूल पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले सत्ता गठबन्धनमा संविधानले तोकेको २५ जनाको सीमाभित्र अटाउन समस्या भएको टिप्पणी गरे ।

‘शेरबहादुरजीले नेतृत्व गर्नुभएको सरकारमा रंगीविरंगी मान्छे छन्,’ प्रचण्ड र माधव नेपालतर्फ संकेत गर्दै ओलीले भने, ‘उहाँहरू अझै मन्त्रिपरिषद् संख्या बढाउन प्रयास गर्दैछन् । पहिलाजस्तो ६५र६७ बनाउन सक्दैनन् । मिल्ने भए त भ्यागुता फुलाए भन्दा फुलाउदै जानुहुन्थ्यो । अहिले संविधानले दिँदैन । अहिले २५ मा अटाउन उहाँलाई समस्या भइरहेको छ । त्यहीँ कारण हो अहिलेको तमासा ।’

सवा वर्ष कार्यकाल रहेको सरकारले पद र भागबन्डामै २० प्रतिशत समय खेर फालेको उनको भनाइ थियो । ुकार्यकाल सवा वर्ष छ । २० प्रतिशत भाग यसै गयो । खाली पदको चिन्ता । देशको समय बर्बाद भयो,’ उनले भने ।

प्रकाशित मिति: Sep 21, 2021

प्रतिक्रिया दिनुहोस्