Logo
५ जेष्ठ २०८१, शनिबार
(September 21, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रिय सभाको बैठकमा विनियोजन विधेयक टेबुल

आज बसेको राष्ट्रिय सभाको बैठकमा विनियोजन विधेयक २०७८ टेबुल भएको छ ।

राष्ट्रियसभाको आजको बैठकमा सचिव राजेन्द्र फुयाँलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त उक्त विधेयकलाई सभासमक्ष टेबुल गरेका हुन् ।

त्यसअघि नेकपा एमालेका सांसद देवेन्द्र दाहालले राजनीतिक दलसम्बन्धी अध्यादेशले लोकन्त्रलाई कमजोर बनाएको आरोप लगाएका थिए । उनले बाढीपहिरो एवं प्राकृतिक विपत्तिमा परेका नागरिकलाई राहत उपलब्ध नगराएकामा आपत्ति प्रकट गरे ।

प्रतिनिधिसभाको सोमबारको बैठकले सो विधेयकलाई पारित गरी राष्ट्रियसभामा पठाएको हो । विधेयक दुवै सदनबाट पारित भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रमाणीकरणका लागि पठाइनेछ ।

राष्ट्रपति भण्डारीबाट प्रमाणीकरण भइसकेपछि मात्र सो विधेयक कार्यान्वयनमा आउनेछ ।राष्ट्रियसभाको अर्को बैठक १५ मिनेटपछि बस्नेछ ।

प्रकाशित मिति: Sep 21, 2021

प्रतिक्रिया दिनुहोस्