Logo
१३ बैशाख २०८१, बिहीबार
(September 21, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पोनोग्राफी प्रकरणमा पक्राउ परेका राज कुन्द्रा धरौटीमा रिहा !

पोनोग्राफी प्रकरणमा पक्राउ परेकाबलिउड अभिनेत्री शिल्पा शेट्टीका पति राज कुन्द्रा धरौटीमा रिहा भएका छन् ।

बलिउड अभिनेत्री शिल्पा शेट्टीका पति तथा भारतीय व्यवसायी कुन्द्रालाई सोमबार साँझ मुम्बई अदालतले धरौटीमा रिहा गरेको हो ।

अदालतले कुन्द्रासँगै उनका सूचना प्रविधि (आइटी) प्रमुख रियान थोर्पेलाई पनि रिहा गरेको छ । उनीहरुलाई अदालतले ५० हजार धरौटीमा रिहा गरेको भारतीय सञ्चार माध्यममा उल्लेख छ ।

​कुन्द्रा र उनका आइटी प्रमुख थोर्पे गत जुलाई १९ मा पक्राउ परेका थिए ।

प्रकाशित मिति: Sep 21, 2021

प्रतिक्रिया दिनुहोस्