Logo
१५ चैत्र २०८०, बिहीबार
(September 21, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सत्ताको आडमा नेकपा एस पक्षका कर्मचारीले मुठभेड निम्त्याउन खोजेको देवकोटाको आरोप

नेपाल निजामति कर्मचारी संगठनका अध्यक्ष केदार देवकोटाले सत्ताको आडमा अर्को पक्षले मुठभेड निम्त्याउन खोजेको आरोप लगाएका छन् ।

देवकोटाले मंगलबार विज्ञप्ति जारी गर्दै सत्ताको आडमा अर्को पक्षले मुठभेड निम्त्याउन खोजेको आरोप लगाएका हुन् ।

एमाले विभाजनसँगै निजामति कर्मचारी संगठन पनि विभाजित भएको छ । नेकपा एस पक्षधर कर्मचारीले अध्यक्ष देवकोटालाई पदबाट हटाएको घोषणा गर्दै महासचिव रेवन्त गौतमलाई अध्यक्ष घोषित गरेका छन् ।

सिंहदरबार गेटअगाडि बबरमहलमा रहेको संगठनको कार्यालयमा सोमबार साँझ एस पक्षधर कर्मचारी नेताहरू पुगेर कार्यालय आफूहरूले चलाउन पाउनुपर्ने भनेपछि विवाद भएको थियो ।

नाराबाजी र तोडफोड हुन थालेपछि प्रहरीले पूर्वअध्यक्ष मोहन घिमिरे, रेवन्त गौतमलगायतका नेताहरूलाई पक्राउ गरेको थियो ।त्यसलगत्तै संगठनका अध्यक्ष केदार देवकोटा, वरिष्ठ उपाध्यक्ष लेखनाथ कोइराला, उपाध्यक्ष भवानी दाहाललगायतलाई पनि प्रहरीले पक्राउ गरी कार्यालय खाली गराएको थियो ।

दुवै पक्षले संगठनको आधिकारिकता दावी गरेका छन् ।संगठनका अध्यक्ष देवकोटाले कार्यालयको ताला तुरुन्त खोली कार्य सन्चालन गर्ने वातावरण बनउान सरकारसमक्ष माग गरेका छन् । तर, पूर्वअध्यक्ष घिमिरेले भने कार्यालयमा आफूहरूको हक लाग्ने भन्दै एमाले निकट कर्मचारीले गुण्डागर्दी गरेको आरोप लगाएका छन् ।

संस्थापन पक्षले संगठनको लेटरप्याड, लोगो र माइन्युट चोरी गरी किर्ते दस्तखतबाट आधिकारिक ट्रेड युनियनको केन्द्रमा प्रतिनिधित्व गराएको तथा बैठक बसेको भनी भ्रम फैलाएको आरोप लगाएको छ ।

संगठनले देवकोटालाई आधिकारिक ट्रेड युनिनको अध्यक्षमा सिफारिस गर्दै ११ जनाको नाम पठाएको छ । अर्को पक्षले पनि मोहन घिमिरेलाई अध्यक्षमा सिफारिस गरेको छ ।

 

प्रकाशित मिति: Sep 21, 2021

प्रतिक्रिया दिनुहोस्