Logo
८ बैशाख २०८१, शनिबार
(September 21, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कुलमान घिसिङको नियुक्तिविरुद्धको रिट प्रधान न्यायाधीशको इजलासमा

विद्युत प्राधिकरणका कार्यकारी निर्देशक  कुलमान घिसिङको नियुक्तिविरुद्ध सर्बोच्च अदालतमा दायर भएको रिट प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराको इजलासमा परेको छ ।

तत्कालीन कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले कुलमानलाई नियुक्त गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा दायर गरेको रिट प्रधान न्यायाधीश शम्शेरले आफ्नै इजलासमा राखेका हुन् ।

यो रिट जवराको एक नम्बर इजलासमा परेको छ ।यसअघि पनि यो रिट पेसी तोक्ने क्रममा प्रधान न्यायाधीश जबराले आफ्नै इजालसमा राखेका थिए तर सुनुवाइ भने हुन सकेको थिएन ।

निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले नियुक्ति बदरको माग गर्दै ३२ साउनमा सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

आफूलाई गैरकानूनी रुपमा प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाएको दाबी गर्दै त्यसलाई बदर गरी आफूलाई यथावत राख्नुपर्ने शाक्यले रिटमा माग गरेका छन् ।

प्रकाशित मिति: Sep 21, 2021

प्रतिक्रिया दिनुहोस्