Logo
१६ चैत्र २०८०, शुक्रबार
(September 20, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रतिपक्षको विरोधकै बीच बजेट पारित गर्नु हाम्रो बाध्यता हो : अर्थमन्त्री

अर्थमन्त्री जनार्दन शर्माले प्रतिपक्ष दलको विरोधकै बाबजुद बजेट पारित गर्नु बाध्यता भएको बताएका छन् ।

विधेयक पारित भएपछि संघीय संसद भवन नयाँ वानेश्वरमा पत्रकारसाग कुरा गर्दै उनले बजेट पारित गर्नु बाध्यता भएको बताएका हुन् ।

सोमबार प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको नारावाजीबीच प्रतिनिधिसभाबाट विनियोजन विधेयक पारित भएको छ ।

शर्माले बजेट लामो समय रोकेर राखेमा सबै कुरा ठप्प हुने हुने भएकाले प्रतिपक्षको विरोधकै बाबजुद पारित गरेको बताएका छन् ।

उनले भने ‘प्रतिपक्षीसँग वार्ता र संवादलाई निरन्तरता दिइराखेका छौं, तर लामो समय बजेट रोकेर राख्यो भने सबै कुरा ठप्प हुने भएकाले सँसँगै लैजानुपर्ने बाध्यता हो।’

मन्त्री शर्माले नेकपा एमालेसँग प्रधानमन्त्री र अरु नेताहरुले निरन्तर संवाद गरिरहेको पनि बताए ।उनले तत्कालिन अर्थमन्त्री विष्णु पौडेलले ल्याएको बजेटको कुनै योजना नकाटेको दावी गरे ।

बरु आफूले राजस्व बढाउने लक्ष्य राखेको पनि मन्त्री शर्माले दावी गरे ।

प्रकाशित मिति: Sep 20, 2021

प्रतिक्रिया दिनुहोस्