Logo
५ कार्तिक २०७८, शुक्रबार
(September 20, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लोक सेवाले शाखा अधिकृतको रिजल्ट सार्वजनिक नगरेको विरोधमा काठमाडौंमा प्रदर्शन

लोक सेवा आयोगले शाखा अधिकृतको रिजल्ट सार्वजनिक नगरेको विरोधमा परीक्षार्थीहरुले काठमाडौंमा प्रदर्शन गरेका छन्

लोक सेवा आयोगले अधिकृत पदको परीक्षाको सबै चरण पूरा गरेर पनि नतिजा प्रकाशन गर्न ढिलाइ गरेको विरोधमा आज परीक्षार्थीहरुले काठमाडौंमा प्रदर्शन गरेका हुन्।

परीक्षार्थीहरुले काठमाडौंको अनामनगरस्थित लोक सेवा आयोगको कार्यालय अगाडि र माइतीघरमा प्रदर्शन गरेका हुन् ।

नतिजाको प्रतीक्षामा रहेकाहरुले ‘परीक्षा लिन सक्ने, नतिजा दिन नसक्ने’ ‘लोक सेवामाथि विश्वास गर्ने दिन सकिएको हो ?’ ‘बन्द खामभित्रको हाम्रो भविष्य खुला गर’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरेका छन् ।

लोक सेवा आयोगले पदपूर्तिका लागि लिएको परीक्षाको अन्तरवार्ता गत भदौ ८ गते सकिएको थियो । तर नतिजा प्रकाशन भएको छैन ।

 

प्रकाशित मिति: Sep 20, 2021

प्रतिक्रिया दिनुहोस्