Logo
१४ बैशाख २०८१, शुक्रबार
(September 20, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बिग बोस-१५ का लागि सलमानलाई ३५० करोड पारिश्रमिक दिइने

बलिउड अभिनेता सलमान खानलाई बिग बोस-१५ को नयाँ सिजनको प्रस्तोता बन्नका लागि ३५० करोड भारु दिइने भएको छ ।

नयाँ सिजनको लागि तयारी पूरा भएको र सलमानलाई उनले मागेको पारिश्रमिक दिइने भारतीय सञ्चार माध्यममा बताएका छन् ।

सलमान खानले १५ प्रतिशत पारिश्रमिक बढाइनुपर्ने माग गरेका थिए ।बिग बोस ओटीटी यही सेप्टेम्बर १८ का दिन सकिदैछ । त्यसपछि बिग बोस-१५ प्रशारण हुनेछ ।

सलमान खानले नयाँ सिजनका लागि प्रतिस्पर्धीहरुको चयन गर्न मुश्किल भएको बताए । उनले शोको नयाँ सिजनको प्रोमो अभिनेत्री रेखाको आवाजबाट सुरु गरिने जानकारी दिए ।

नयाँ शोमा करण कुन्द्रा, मानव गोहिल, टिना दत्ता, अमित टन्डन, रीम शेख, सिंबा नागपाल जस्ता सेलेब्रिटीहरु सहभागी हुन सक्ने बताइएको छ ।

प्रकाशित मिति: Sep 20, 2021

प्रतिक्रिया दिनुहोस्