Logo
१३ बैशाख २०८१, बिहीबार
(September 19, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अभिनेता सोनुमाथि लाग्यो २० करोड आयकर छलीको आरोप !

बलिउड अभिनेता सोनु सुदमाथि भारतको आयकर विभागले २० करोड रुपैयाँ करछलीको आरोप लगाएको छ ।

पछिल्लो तीन दिनदेखि सुदको घरमा छामा मारिरहेको विभागको टोलीले उनीमाथि २ करोड १० लाख चन्दा अवैधरुपबाट प्राप्त भएको आरोप लगाएको छ ।

सुदले च्यारिटी फाउन्डेसन र एक एनजीओ चलाइरहेका छन् ।यस्तै विभागले ६५ करोडको अवैध लेनदेन र जयपुरस्थित एक इन्फ्रा फर्मसँग १ सय ७५ करोड रुपैयाँको सर्कुलर लेनदेनको आरोप लगाएको छ ।

विभागले मुम्बई, लखनऊ, कानपुर, जयपुर, दिल्ली र गुरुग्रामसहितका सुदको कारोबार भएको २८ स्थानमा छापा मारेको छ ।२०२० मा सुदले खोलेको एनजीओमा अहिलेसम्म १८ करोड ९४ लाख रुपैयाँ रकम चन्दा आएकोमा पनि आशंका व्यक्त गरेको छ ।

आएको चन्दाबाट एनजीओले १ करोड ९० लाख अलग-अलग राहतको कामम खर्च गरिएको छ । त्यसपछि बचेको १७ करोड अहिलेसम्म बैंक खातामा नै छ ।

विभागले विभिन्न २८ स्थानबाट १ करोड ८० लाख रुपैयाँ नगद र ११ वटा लकर बरामद गरेको छ । विभागको छापा अझै पनि जारी छ ।

प्रकाशित मिति: Sep 19, 2021

प्रतिक्रिया दिनुहोस्