Logo
१४ बैशाख २०८१, शुक्रबार
(September 19, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संविधान दिवस यसरी मनाइयो टुँडिखेलमा {फोटो फिचर}

नेपालमा नेपालमा ६ बर्ष अगाडी सार्वभौम संविधान सभाबाट २०७२ असोज ३ गते नयाँ संविधान जारी भएको थियो । त्यसैले हरेक वर्ष असोज ३ गतेलाई राष्ट्रिय दिवसको रुपमा मनाइन्छ ।

संविधान सभाबाट नयाँ संविधान जारी भएको आज ६ वर्ष पूरा भएको छ । त्यसकारण संविधान दिवसको अवसरमा टुँडिखेलमा विशेष समारोह आयोजना गरिएको छ ।

समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा, सभामुख अग्नि सापकोटा, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, मन्त्री, सांसद, कर्मचारी, सुरक्षा अंगका प्रमुखलगायत सहभागी छन् ।आज सरकारले घरघरमा दीपावली गर्न र राष्ट्रिय झण्डा फहराउन सबै नेपालीहरुलाई आह्वान गरेको छ ।

टुँडिखेलमा आयोजित समारोहमा विभिन्न साँस्कृतिक झाँकी प्रदर्शन गरिएको छ । नेपाली सेनाको हेलिकप्टरबाट पुष्पवृष्टि गर्नुका साथै शान्तिको प्रतीक सेतो परेवा उडाइएको थियो ।

सरकारले संविधान दिवस असोज दुई गतेदेखि चार गतेसम्म तीन दिने कार्यक्रम गरेर मनाइरहेको छ । दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको छ ।

यद्पी संविधान त्रुटिपूर्ण रहेको भन्दै केही राजनीतिक पार्टीहरुले विरोध गर्दै आएका छन् । उनीहरुले संविधान संशोधन हुनु पर्ने निरन्तर माग गर्दै आइरहेका छन् । आजकै दिन लोकतान्त्रीक समाजवादी पार्टी(लोसपा) ले कालो दिन भन्दै विरोध कार्यक्रम गरेको छ भने जनता समाजवादी पार्टी (जसपा)पनि संविधान दिवसको कार्यक्रमा सहभागिता जनाएको छैन् ।

प्रकाशित मिति: Sep 19, 2021

प्रतिक्रिया दिनुहोस्