गठवन्धन वनाएर एमाले सिध्याउछौ भन्नेहरुले चुनाव घोषणा गरे हुन्छ : शंकर पोखरेल
नेकपा एमालेका स्थायी कमिटी सदस्य शंकर पोखरेलले गठवन्धन वनाएर एमाले सिध्याउछौ भन्नेहरुले चुनाव घोषणा गरेहुन्छ एमाले त्यसलाई सामना गर्न तयार रहेको बताएका छन् ।
सत्तारुढ दलहरुले गठबन्धन बनाएर एमाले सिध्याउँछौँ भनेको प्रति पुोखरेलले टिप्पणी गरेका छन् । गठबन्धन सरकारले दुई महिनामै संसद् र सरकारको हुर्मत लिइसकेको पोखरेलको आरोप छ।
पोखरेलले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन् संसद विघटनगर्नेहरु संसदमा जानु हुदैन भन्नेहरु छन् । तर संसदको विघटन चुनावका लागि थियो, संसदीय लोकतन्त्र अन्त्य भएको थिएन ।
गठवन्धन वनाएर एमाले सिध्याउछौ भन्नेहरुले चुनाव घोषणा गरेहुन्छ एमाले त्यसलाई सामना गर्न तयार छ ।संसद र सरकारको हुर्मत त दुई महिनामै लिसक्यो गठवन्धन सरकारले ।
अहिले आफ्नो पार्टीका १४ सांसदको कारबाही रोकेको भन्दै एमालेले सभामुखप्रति आक्रोश पोख्दै संसद् अवरोध जारी राखेको छ। संसद् अवरोध हुँदा संसद्बाट बजेट पारित नहुँदा बजेट खर्च रोकिएको छ ।
इतिहासमै अहिलेसम्म नेपालमा नभएको बजेट होलिडे हिजोबाट भएको छ ।
संसद विघटनगर्नेहरु संसदमा जानु हुदैन भन्नेहरु छन् । तर संसदको विघटन चुनावका लागि थियो, संसदीय लोकतन्त्र अन्त्य भएको थिएन ।
गठवन्धन वनाएर एमाले सिध्याउछौ भन्नेहरुले चुनाव घोषणा गरेहुन्छ एमाले त्यसलाई सामना गर्न तयार छ ।
संसद र सरकारको हुर्मत त दुई महिनामै लिसक्यो गठवन्धन सरकारले ।— shankar.pokhrel (@shankarpokhrel8) September 16, 2021