Logo
८ बैशाख २०८१, शनिबार
(September 27, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कांग्रेसले थप आठ जिल्लाको क्रियाशील सदस्यता विवाद टुंग्यायो, आजै नामावली सार्वजनिक गर्ने

नेपाली कांग्रेसले थप आठ जिल्लाको क्रियाशील सदस्यता विवाद टुंग्याएको छ । निर्वाचन समितिका अनुसार विवाद टुंगिएका जिल्लाको क्रियाशील सदस्यताको नामावली आजै साँझसम्म वेबसाइटमार्फत सार्वजनिक गरिने भएको छ ।

क्रियाशील सदस्यता विवाद देखिएका काभ्रे, सिन्धुपाल्चोक, मोरङ, महोत्तरी, बाजुरा, बर्दिया, पर्सा र कैलालीको विवाद टुंग्याएको हो ।  बाँकी १३ जिल्लाको पनि क्रियाशील सदस्यता विवाद छिट्टै टुंग्याउने क्रियाशील टुङ्ग्याउन गठित कार्यदलले जनाएको छ ।

कांग्रेसको हालसम्म ५६ जिल्लामा वडा अधिवेशन सम्पन्न गरिसकेको छ । क्रियाशील सदस्यता विवाद देखिएका बाँकी २१ जिल्लाको वडा अधिवेशन असोज ६ गतेलाई तोकिएको छ ।

प्रकाशित मिति: Sep 15, 2021

प्रतिक्रिया दिनुहोस्