Logo
१३ बैशाख २०८१, बिहीबार
(September 15, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एप्पलको आइफोन १३ र मिनी सार्वजनिक

एप्पल कम्पनीको मंगलबार एप्पल आइफोन १३ सार्वजनिक गरेको छ । मंगलबार एक कार्यक्रमबिच आइफोन १३ र आइफोन मिनी सार्वजनिक भएको हो ।

आइफोन १३ को डिस्प्ले ६.१ इन्चको रहेको छ भने मिनी आइफोनको ५.४ इन्चको रहेको छ ।आइफोन १२ को तुलनामा आइफोन १३ मा साढे २ घण्टा बढी ब्याट्री ब्याकअप रहेको कम्पन्नीले दाबी गरेको छ ।

आइफोन १३ को हकमा एप्पलले आइफोन १२ को डिजाइनमा कुनै परिवर्तन गरेको छैन। फोनमा १२ मेगापिक्सेलको क्यामरा रहेको छ।यी आइफोनमा दुई वटा क्यामेरा रहेका छन् भने दुवैमा ए १५ बायोनिक चिप रहेको छ ।

त्यस्तै, आइफोन १३ सिरिज ६४ जिबी स्टोरेजमा उपलब्ध नहुने भएको छ । कम्पन्नीकाअनुसार न्यूनतम १२८ जिबीदेखि अधिकतम ५१२ जिबीको विकल्प हुनेछ।

आइफोन १३ प्रो र आइफोन १३ प्रो म्याक्समा ट्रिपल रियर क्यामरा हुनेछन्। क्यामरासँगै थ्री एक्स अप्टिकल जूम फिचर उपलब्ध छ।आइफोन १३ प्रोको डिस्प्ले रिफ्रेस रेट १२० हर्ज छ ।

यसमा सुपर रेटिना एक्सडिआर डिस्प्ले रहेको छ । ६.१ इन्चको स्क्रिन साइजमा उपलब्ध हुने आइफोन १३ प्रोको सुरुवाती मूल्य ९९९ डलर तोकिएको छ ।आइफोन १३ को सुरुवाती मूल्य ७९९ डलर तोकिएको छ भने आइफोन १३ मिनीको मूल्य ६९९ डलर तोकिएको छ ।

प्रकाशित मिति: Sep 15, 2021

प्रतिक्रिया दिनुहोस्