Logo
१३ बैशाख २०८१, बिहीबार
(September 13, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेकपा एकीकृत समाजवादी प्रदेश १ को संसदीय दलको नेतामा राजेन्द्र राई चयन

नेकपा एकीकृत समाजवादी पार्टीको प्रदेश नम्बर १ को संसदीय दलको नेतामा राजेन्द्र राई चयन भएका छन् ।आज बसेको प्रदेश संसदीय दलको बैठकले राईलाई दलको नेतामा चयन गरेको हो ।

प्रदेश नम्बर १ मा नेकपा एकीकृत समाजवादी पार्टीमा १० सांसद छन् ।आज प्रदेशसभा सचिवालमा संसदलीय दलको नेचा चयनसम्बन्धी जानकारी गराउने सो दलको तयारी छ ।

प्रदेश नम्बर १ मा मुख्यमन्त्री भीम आचार्यको सरकार अल्पमतमा परेको छ । प्रदेश नम्बर १ मा नेकपा एकीकृत समाजवादीको नेतृत्वमा सरकार बनाउने तयारी भएको छ । तर, यसबारेमा सत्तासिन गठबन्धनमा आवद्ध दलका नेताहरुबीच सहमति गर्नुपर्ने छ ।

प्रकाशित मिति: Sep 13, 2021

प्रतिक्रिया दिनुहोस्