Logo
१४ बैशाख २०८१, शुक्रबार
(September 13, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राप्रपालाई कहिल्यै नफुटाउने र फुट्न नदिने अठोटका साथ अघि बढेका छौँ : कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राप्रपालाई अब कहिल्यै नफुटाउने र फुट्न नदिने बताएका छन् ।

राप्रपा जिल्ला कार्यसमिति, भक्तपुरले सोमबार (आज) आयोजना गरेको कार्यक्रममा बोल्दै थापाले कम्युनिस्ट र नेपाली काँग्रेसको भन्दा फरक विचारधारा बनाएर हिँडेको भन्दै राप्रपा अब कहिल्यै नफुट्ने बताएका हुन्।

‘हामी राप्रपालाई कहिल्यै नफुटाउने र फुट्न नदिने अठोटका साथ अघि बढेका छौँ। कम्युनिस्ट र काँग्रेसभन्दा फरक पहिचान बनाउन लागि परेका छौँ’ ,थापाले भने।

उनले पार्टीका नेता तथा कार्यकर्ताहरुलाई व्यक्ति नभई विचार र नेताको पछि नभई नीतिको पछि लाग्न आग्रह गर्दै नयाँ विधानअनुसार महाधिवेशन गर्न लागेको बताए।

उनले भने, ‘हाम्रो पार्टीको केन्द्रीय महाधिवेशन आगामी २०७८, कार्तिक २७ गतेदेखि काठमाडौँमा हुँदै छ। पार्टीको महाधिवेशन नयाँ विधानअनुसार गरिनेछ। पहिलेको जस्तो जिल्ला कार्यसमिति, क्षेत्रीय कार्यसमितिले खल्तीबाट झिकेर महाधिवेशनको प्रतिनिधि पठाउन सक्ने व्यवस्था अब छैन।’

प्रकाशित मिति: Sep 13, 2021

प्रतिक्रिया दिनुहोस्