Logo
११ बैशाख २०८१, मंगलबार
(September 13, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बजारमा सुनको मूल्य फेरि तोलामा तीन सयले बढ्यो !

नेपाली बजारमा सोमबार सुनको मूल्य तीन सयले बढेको छ ।

आइतबार बजारमा ९० हजार ३०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज सोमबार ३०० रुपैयाँले बढ्दै ९० हजार ६०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

त्यस्तै, तेजाबी सुनको मूल्य तोलामा तीन सय रुपैयाँले नै वृद्धि हुँदै सोमबार ९० हजार एक सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

यस्तै, आज यता चाँदीको मूल्य समेत प्रतितोला ५ रुपैयाँले बृद्धि हुँदै एक हजार २०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

गत आइतबार चाँदी एक हजार १९५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति: Sep 13, 2021

प्रतिक्रिया दिनुहोस्