Logo
५ आश्विन २०७८, मंगलबार
(September 12, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाली बजारमा भित्रियो दुहानको थ्री-ह्विलर स्मार्ट इलेक्ट्रिक स्कुटर, यस्ता छन् बिशेषता!

चीनको विश्व प्रसिद्ध थ्री–ह्विलर स्मार्ट इलेक्ट्रिक स्कुटर नेपाली बजारमा भित्रिएको छ । दुहान ब्रान्डको सो इलेक्ट्रिक स्कुटरलाई क्यालिबर अटोमोबाइल कम्पनीले भित्र्याएको हो ।

दुई नेपाली युवा उद्यमी यशवन्त अग्रवाल र निमेश अग्रवालद्वारा संचालित क्यालिबर अटोमोबाइल कम्पनीले चार प्रकारका मोडलहरु आईट्यांक, आईट्यांगो, युरानस र ई-स्वान नेपाली बजारमा सार्वजनिक गरेको हो ।

यी स्मार्ट स्कुटरको मूल्य २ लाख ३१ हजार ९ सय देखि ३ लाख ५९ हजार ९ सय रुपैयाँ सम्म छ ।आईट्यांक दुहानको फेस भन्न सकिन्छ ।

यसमा भएको ड्युअल फ्रन्ट ह्विल टेक्नोलोजी (डीडीडब्ल्युटी-एस) सहितको फेसले वास्तविक ट्यांककै झलक दिन्छ । यसमा प्रयोग गरिएको १ हजार ५ सय वाटको बोस मोटरले सिंगल चार्जमा ७० किलोमिटरको रेन्ज दिने क्षमता राख्छ, जसलाई ४५ किलोमिटर प्रतिघण्टाको गतिमा कुदाउन सकिन्छ ।

आईट्यांकमा ६० भोल्ट २६ एएचको एलजी र प्यानासोनिकको लिथियम ब्याट्री प्रयोग गरिएको छ, जुन दीर्घकालीन रुपमा प्रयोग गर्न सकिने हुनुका साथै वातावरणमैत्री समेत छ ।

यसमा प्रयोग भएका ३ हाइड्रोलिक ब्रेक र रिभर्स गियरले स्कुटरलाई स्टेबल बनाउनुका साथै सुरक्षित समेत बनाउन सहयोग गर्छ । आईट्यांकमा इन्टिग्रेटेड, रोल रक सिस्टम, क्रुज कन्ट्रोल, ड्युअल ब्याट्री स्टोरेज कम्पार्टमेन्ट र अन्य धेरै आश्चर्यजनक फिचर पाउन सकिन्छ ।

यो स्कुटर रेड, ब्ल्याक, ह्वाइट, ग्रिन, ब्लु र ओरेन्ज कलरमा पाउन सकिन्छ । आईट्यांकको मूल्य ३ लाख ५९ हजार ९ सय रुपैयाँ छ ।

आईट्यांगोमा पनि आईट्यांक जस्तै आकर्षक फिचर पाउन सकिन्छ । यसमा १ हजार २ सय वाटको ब्याट्री छ, जसको रेन्ज ७० किलोमिटर छ भने ४५ किलोमिटर प्रतिघण्टाको गति छ ।

यसमा ४८ भोल्ट, २६ एएचको ब्याट्री पाइन्छ । आईट्यांगोको मूल्य २ लाख ८९ हजार ९ सय रुपैयाँ छ ।ई-स्वान दुहानको सबैभन्दा इकोनोमिक मोडल हो ।

यसमा क्लासिक सर्कुलर हेडल्याम्प, क्रोम कर्भी डिजाइन र ओभरल अर्वान रेट्रो भाइब छ । यो स्कुटर बोस मोटरको १ हजार २ सय वाट डीसी मोटरबाट संचालित हुन्छ र ६० भोल्ट २६ एएचको ब्याट्री प्रयोग गरिएको छ ।

यसको पनि टप स्पिड ४५ किलोमिटर प्रतिघण्टा छ । सिंगल चार्जमा यसले ५० किलोमिटर सम्मको रेन्ज दिन्छ । ई-स्वानको मूल्य २ लाख ३१ हजार ९ सय रुपैयाँ छ ।

क्लास, पावर, स्पेस र इलेक्ट्रिक एक्सिलरेसन सबै खोज्ने र जोडीमा राइड गर्न रुचाउनेहरुका लागि युरानस उपयुक्त छ । यो दुहानको सबैभन्दा धेरै बिक्री हुने मोडल पनि हो । युरानस लामो सिट भएको र ह्विलबेस पनि फराकिलो भएको मोडल हो ।

युरानसमा दुहान टेक्नोलोजीको ३ हजार वाटको डीसी ब्रसलेस मोटर प्रयोग गरिएको छ । यसमा ७२ भोल्ट २६ एएचको ब्याट्री प्रयोग गरिएको छ ।

सिंगल चार्जमा यसले ५० किलोमिटरको रेन्ज दिन्छ र टप स्पिड ४५ किलोमिटर प्रतिघण्टा सम्म हुन्छ । युरानसको मूल्य ३ लाख २१ हजार ९ सय रुपैयाँ छ ।

दुहानका यी सबै मोडलमा १ वर्ष ६ महिनाको ब्याट्री र मोटर वारेन्टी उपलब्ध हुनेछ भने १ वर्ष सम्म निःशुल्क सर्भिसिङ उपलब्ध हुनेछ । यी सबै ब्याट्री ४ देखि ५ घण्टा भित्रै चार्ज गर्न सकिन्छ ।

यी स्कुटरमा भएको अटो एडेप्टिङ एलईडीज, इन्टिग्रेटेड लाइट, शतप्रतिशत उच्च गुणस्तरीय बिल्ट पार्ट्स, ईईसी सर्टिफिकेसन, टेक फल्ट डायग्नोसिस र सबैभन्दा महत्वपूर्ण यसमा भएको एड्भान्स्ड इन्टेलिजेन्ट ब्याट्री म्यानेजमेन्ट सिस्टमले दुहानलाई नेपाली बजारमा उपलब्ध इलेक्ट्रिक स्कुटर मध्ये सबैभन्दा स्मार्ट, रिलायबल र सस्टेनेबल रेन्जको इलेक्ट्रिक स्कुटर बनाउने कम्पनीको दाबी छ ।

क्यालिबर अटोले आगामी दिनमा अन्य नयाँ र अपग्रेडेड मोडल समेत नेपाली बजारमा निरन्तर रुपमा भित्र्याउने बताएको छ ।

 

प्रकाशित मिति: Sep 12, 2021

प्रतिक्रिया दिनुहोस्