Logo
१ जेष्ठ २०८१, मंगलबार
(September 12, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मन्त्रिपरिषद् विस्तारको विषयमा प्रवेश नै नगरी गठबन्धन बैठक सकियो !

मन्त्रिपरिषद् विस्तारको विषयमा प्रवेश नगरी बालुवाटारमा सत्ता गठवन्धन दलको बैठक सकिएको छ ।

आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा करिब दुई घण्टा बसेको आजको बैठकमा संसद्को अवरोध कसरी हटाउने, सामूहिक प्रयासबाट अवरोध हटाउन नसके कसरी अघि बढ्ने भन्ने विषयमा छलफल भएको बालुवाटार स्रोतले जनाएको छ ।

साथै मन्त्रिपरिषद् विस्तारको विषय भने प्रवेश नगरेको बालुवाटार स्रोतले जनाएको छ ।प्रतिपक्षीले अवरोध जारी राख्ने र पूरा गर्न नसकिने माग जारी राखेमा के गर्ने भन्ने विषयमा छलफल भएको स्रोतले बतायो।

स्रोतले संसद्मा प्रस्तुत हुने रणनीतिका विषयमा छलफल भए पनि ठोस निर्णयमा पुगि नसकेको जनाएको छ ।

प्रकाशित मिति: Sep 12, 2021

प्रतिक्रिया दिनुहोस्