Logo
१४ बैशाख २०८१, शुक्रबार
(September 10, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अभिनेत्री कंगनाको कारवाहीमाथि रोक लगाउन उच्च अदालतद्वारा अस्वीकार

बलिउड अभिनेत्री कंगना रनौतको बिहिबार उच्च अदालतले आफूविरुद्ध गीतकार जावेद अख्तरले दर्ता गरेको याचिकामाथि अदालतको कारवाहीमाथि रोक लगाउन पाउँ भन्ने अपिल अस्वीकार गरेको छ ।

समाचार एजेन्सी पिटिआईका अनुसार कंगना रनौतले यसबारे उच्च अदालतसमक्ष अपिल गरेकी थिइन् जसलाई न्यायाधिस रेवती मोहित डेरेले खारेज गरिदिए ।

अदालतले आफ्नो आदेश सेप्टेम्बर १ सम्म सुरक्षित गरेको थियो ।जावेद अख्तरले अघिल्लो वर्ष नोभेम्बरमा कंगना विरुद्ध एउटा मुद्दा दर्ता गरेका थिए ।

जसमा कंगनाले टिभी पत्रकार अर्णब गोस्वामीलाई दिएको एक टिभी अन्तरवार्तामा आफूविरुद्ध यस्ता बयान दिएको जसका कारण उनको प्रतिष्ठामा ठेस लागेको बताइएको थियो ।

उनले आफ्नो उजुरीमा भनेका थिए -कंगनाले अघिल्लो वर्ष सुशान्त सिंह राजपूतको कथित आत्महत्यापछि बलिउडमा एउटा ‘मण्डली’ भएको कुरा गर्दै उनको नाम लिएकी थिइन् ।

जावेद अख्तरको ऊजुरीमा अदालतले अघिल्लो वर्ष डिसेम्बरमा जुहू प्रहरीलाई अनुसन्धान गर्न र कंगना रनौतविरुद्ध आपराधिक कारवाही सुरु गर्न निर्देशन दिएको थियो ।

प्रकाशित मिति: Sep 10, 2021

प्रतिक्रिया दिनुहोस्