Logo
१ जेष्ठ २०८१, मंगलबार
(September 10, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्री देउवाले मागे गठबन्धनका नेताहरुसँग मन्त्रीहरुको नाम

सत्ता गठबन्धनका नेताहरुसँग प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीहरुको नामावली माग गरेका छन् ।

शुक्रबार बिहान बालुवाटारमा बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकमा प्रधानमन्त्री देउवाले मन्त्रीहरुको नाम छिटो दिन आग्रह गरेका हुन् ।

प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिन ढिलाइ भइसकेको भन्दै आ-आफ्नो पार्टीमा मन्त्रीहरुको नाम टुङ्ग्याउन आग्रह गरेको राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले बताइन् ।

आजको बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेल लगायतको उपस्थिति थियो ।

प्रकाशित मिति: Sep 10, 2021

प्रतिक्रिया दिनुहोस्