Logo
६ बैशाख २०८१, बिहीबार
(September 10, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आजबाट पशुपतिनाथ मन्दिर खुल्ला, भक्तजनले मास्क अनिवार्य लगाउनुपर्ने

पशुपतिनाथ मन्दिर आजबाट भक्तजनका लागि खुल्ला भएको छ । कोरोना महामारीको दोस्रो लरहसँगै साढे चार महिना बन्द गरिएको पशुपतिनाथ मन्दिर आज बिहान ६ बजेदेखि सर्वसाधारणको लागि खुल्ला गरिएको हो ।

अब पशुपतिनाथ मन्दिर दर्शन गर्न जान चाहने भक्तजनले अनिवार्यरूपमा मास्क लगाउनुपर्ने छ । एकपटकमा २५ जना भक्तजनलाई मात्र मन्दिर प्रवेश गराइने छ ।

एउटा ढोकाबाट मन्दिर प्रवेश गरेपछि अर्को ढोकाबाट निस्कने व्यवस्था कोषले मिलाएको छ ।पशुपतिनाथसँगै पशुपति क्षेत्रका गुह्येश्वरीलगायतका मन्दिर पनि भक्तजनका लागि खुला गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

गत वैशाख १० गतेदेखि पशुपतिनाथ मूल मन्दिर भक्तजनका लागि बन्द गरिएको थियो ।लामो समय बन्द गरिएको पशुपतिनाथ मन्दिरमा हिजो क्षमापूजा गरिएको थियो ।

यसअघि विसं २०७६ चैत महिनामा नेपालमा पहिलोपटक कोरोना महामारी प्रवेश गर्दा पनि नौ महिनासम्म पशुपतिनाथ मन्दिर भक्तजनका लागि बन्द गरिएको थियो ।

प्रकाशित मिति: Sep 10, 2021

प्रतिक्रिया दिनुहोस्