Logo
३१ बैशाख २०८१, सोमबार
(September 8, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रतिनिधि सभा बैठक स्थगित गरेर सभामुख एमालेसँग वार्तामा

प्रतिनिधि सभा बैठक स्थगित गरेर सभामुख अग्नि सापकोटा र एमाले संसदीय दलका प्रमुख सचेतक लगायतबीच छलफल सुरु भएको छ ।

संसदको गतिरोध हटाउने विषयमा सभामुखले एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराई र सचेतक शान्ता चौधरीसँग छलफल गरिरहेका हुन् ।

संघीय संसद भवनको सभामुख कक्षमा छलफल चलिरहेको हो । एमालेले आज संसद बैठक सुरु हुनासाथ आफ्नो धारणा राखेर संसद बैठक अवरुद्ध पार्दै सभामुख विरुद्ध नाराबाजी गरेको थियो ।

लगत्तै सभामुखले १५ मिनेटका लागि बैठक स्थगित गरेर छलफल थालेका हुन् ।‘नेकपा एमालेले कारबाही गरेका सांसदलई बचाउन र नेकपा एमाले टुक्र्याउन किन मतियार बन्नुभयो भन्ने प्रश्न समेत गरेका थिए ।

प्रकाशित मिति: Sep 8, 2021

प्रतिक्रिया दिनुहोस्