Logo
१ जेष्ठ २०८१, मंगलबार
(September 8, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एमसीसी संशोधन नभए मुलुकको हितमा नरहेको एमालेको निष्कर्ष

नेकपा एमाले संसदीय दलको बैठकले एमसीसी संशोधन नभए मुलुकको हितमा नरहेको निष्कर्ष निकालेको छ।

बुधबार बिहान संसद् भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बसेको संसदीय दलको बैठकमा सांसदहरुले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संशोधन नभएसम्म अनुमोदन गर्न नहुने बताएका हुन्।

एमाले प्रमुख सचेतक विशाल भट्टराईले एमसीसी मुलुकको हितमा नरहेको बैठकले निष्कर्ष निकालेको बताएका छन् । बैठकमा सांसदहरुले जबसम्म एमसीसीमा संशोधन हुँदैन, तबसम्म एमसीसी अगाडि बढाउनु नहुने धारणा व्यक्त गरे ।

बैठकमा सांसदहरूले सभामुख अग्नि सापकोटाको भूमिकालाई लिएर चर्को आलोचना गरेका थिए। उनीहरुले संसद्मा सभामुखको राजीनामा माग्नुपर्ने धारणा राखेका छन् ।

बैठकपछि भट्टराईले भने, ‘सभामुखको भूमिका एमालेविरोधी माओवादी पार्टी कार्यकर्ता जस्तो भएको, एमसीसी मुलुकको हितमा नरहेको, निर्वाचन आयोग एमाले टुक्राउन उद्धत रहेको, जयसिङ धामीको घटनामा सरकारी व्यवहार भारतीयसामु लम्पसारवादी देखिएको जस्ता विषयमा एमाले मूकदर्शक बस्न अवश्य सक्दैन। आजको बैठकको निष्कर्ष यहि हो।’

त्यस्तै बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले छापामार शैलीमा मध्यरातमा अधिवेशन अन्त्य गरेर राजनीतिक दल सम्बन्धि अध्यादेश ल्याउन सहयोग गरेर पार्टी फुटाएको आरोपसमेत लगाए।

ओलीलेले एमालेले कारबाही गरेका १४ जनालाई संसद् बैठकमा सहभागी गराइए आफूहरु नबस्ने बताए। उनले गैर सांसदको उपस्थित भए सदन प्रारम्भै हुन नदिने स्पष्ट पारे।

ओलीले एमसीसीका विषयमा सबैले अध्ययन गरेपछि पार्टीले धारणा बनाउने बताएका छन् । बैठकमा एमसीसीका विषयमा एमाले सांसदहरुले पार्टीको धारणा माग गरेपछि ओलीले देशको हितविपरित गएर सम्झौता नगर्ने धारणा राखे।

प्रकाशित मिति: Sep 8, 2021

प्रतिक्रिया दिनुहोस्