Logo
१३ बैशाख २०८१, बिहीबार
(September 8, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अमेरिकी राजदूत बेरी र जसपाका अध्यक्ष डा.भट्टराईबीच भेटवार्ता

जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराई र नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी डब्लु बेरीबीच भेटवार्ता भएको छ ।

एमसीसीलाई समर्थन गरेका डा. भट्टराई र राजदूत बेरीबीच आज बिहान भेटवार्ता भएको हो ।एमसीसी उपाध्यक्ष फातिमा सुमर नेपाल आउने तयारीमा रहेका बेला एमसीसीका पक्षमा समर्थन जुटाउने अभियानअन्तर्गत नै भट्टराई र बेरीबीच भेटवार्ता भएको हो ।

गत वर्ष असार १६ गतेभित्र संसदबाट पारित भइसक्नुपर्ने एमसीसी अझै पारित हुन सकेको छैन ।परियोजनाले अमेरिकी हस्तक्षेप बढाउने भन्दै विरोध हुँदै आएको छ ।

अमेरिकाले पाँच वर्षभित्र जलविद्युत् र सडकमा लगानी गर्ने गरी परियोजनामार्फत ५५ अर्ब रुपैयाँ लगानी गर्दैछ । तर सो परियोजना देश हितमा नरहेको भन्दै विरोध प्रदर्शन भइरहेका छन् ।

प्रकाशित मिति: Sep 8, 2021

प्रतिक्रिया दिनुहोस्